सुनसरीमा प्रहरी–आपराधिक समुहबीच गोली हानाहान, तीन घाइते

१७ माघ

सुनसरीको खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहान हुँदा तीन जना घाइते भएका छन् । गोली हानाहानमा श्रवण सरदार, करिश्मा चौधरी र सनद पासवान घाइते भएको प्रहरीले जनाएको छ ।

सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरखण्डमा भएको गोली हानाहानमा घाइते भएका व्यक्तिहरु आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीको दाबी छ । उनीहरु स–साना वित्तीय संस्थामा लुटपाट गर्ने, सीमा क्षेत्रबाट लागूऔषधको ओसारपसार तथा बिक्री वितरण गर्ने कार्यमा संलग्न भएको प्रहरीको दाबी छ ।

पूर्वक्षेत्रका डीआईजी केशरीराज घिमिरेले सर्चमा गएको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि भएको जवाफी कारबाहीमा उनीहरु घाइते भएको बताए । घटनास्थलबाट प्रहरीले चार थान पेस्तोल समेत बरामद गरेको छ । मेड इन युएस लेखिएको दुई थान र अन्य दुई थान पेस्तोल बरामद भएको हो ।

डीआईजी घिमिरेले पक्राउ परेकाहरु मोरङको कर्सियामा केही दिनअघि भएको लुटपाटमा संलग्न व्यक्ति भएको बताए । उनले सो घटनामा त्यसबेला एक अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएपनि अन्य तीन जना भने फरार रहेको बताए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु