अखिल (छैठौं) लाई किन जिताउने ?

युवराज आचार्य केन्द्रिय सदस्य  अखिल (छैठौं)
 
राजनितिक चेतनास्तर मानव समाज तथा मानव जिवनको निम्ति एक महत्वपूर्ण मार्गदर्शक हतियार हो । सहि प्रकारको राजनितिक चेतनास्तरले जिवनको महत्वलाई सहि प्रकारले व्याख्या गर्न सक्दछ र मानिसले त्यहि जिवनलाई आफनो अनन्तकालसम्म सहि बाटोमा दोर्याउन  सक्दछ । हाम्रो समाज, जिवन तथा जगत लगायतका  विषयबस्तुहरु तथा घटनाहरु संग राजनिति प्रत्यक्ष रुपमा जोडिएकै हुनाले संसारको सवश्रेष्ठ प्राणी मानिसको निम्ति त्यसबारे ज्ञान हुनु अति नै महत्वपूर्ण छ । जिवन र जगतका बारेमा वैज्ञानिक दृष्टिकोणमा आधारित रहेर बहस, छलफल तथा परामर्शहरु गर्नु तथा गराउनु सहि प्रकारको राजनितिको निम्ति आवश्यक सर्तहरु भएको हुनाले सम्पूर्ण मानव जातीहरु यससंग जोडिनु अनिवार्य छ । तर राजनितिको सन्धर्भमा जिवन र जगतलाई सहि मार्गदर्शन गर्ने मात्रै नभएर गलत तथा नकरात्मक विचारहरुको उत्पति, विकाश तथा तिनिहरुको प्रसारण र प्रचारप्रसार गर्ने कार्यलाई पनि हामीले राजनिति नै मान्नैपर्नै हुन्छ । किनकि त्यो पनि एक प्रकारको विज्ञानकै उपज हो ।
अहिले, सारा मानिसहरुले मान्दै आईरहेको राजनिति विशेषत सामाजिक विवेदबाटै शुरु भएको मानिन्छ । हाम्रो समाजमा हुने थुप्रै प्रकारका घटनाहरु मा न्याय र अन्याय हुन्छ, धनि र गरिब हुन्छ, तल्लो जात र माथिल्लो जात हुन्छ, शोषण, दमन तथा उत्पिडन हुन्छ, यि सबै कुराहरुलाई समाधान गर्ने हतियारको रुपमा राजनितिलाई बुझिन्छ । यहांनिर ति सम्पूर्ण कुराहरुको समाधान गर्ने क्रममा सत्यता अर्थात विज्ञान जुन पक्षतर्फ पनि जान सक्दछ र त्यो कुरालाई कुन चाहि पक्षको शक्ति बढि छ भन्ने कुराले निर्धारण गर्दछ । यस क्रममा सहि तथा सत्य कुरा भएमा त्यो दिगो हुन्छ भने असत्य भएमा निकट भविष्यमै क्रमभंगता हुन पुगि सत्य कुराले जित्दछ । यि र यस्तै विषहरुमा आधारित रहि विश्भरमा विभिन्न पक्षहरुमा विभिन्न समयमा ठूलठूला आन्दोलन  तथा हड्तालहरु भएका ईतिहास छन् । र तिनहिरुले समाजमा कुनै न कुनै प्रकारको परिवर्तन पनि ल्याएका  छन् ।
 
नेपालमा पनि विभिन्न समयहरुमा  विभिन्न किसिमका शोषणहरु तथा उत्पिडनहरुको उन्मुलन गर्नको निम्ति ठूला आन्दोलनहरु भएका ईतिहासहरु छन् । राणाकालिन समयमा महशुस गरिएको आन्दोलन राणाकाल, पञ्चायतकाल र शाहिकाल हुदै विभिन्न चरणहरुमा विभिन्न स्वरुपहरुमा अगाडि बढ्दै आजको हाम्रो समाज अवस्थामा आईपुगेको अवस्थामा पनि विभिन्न आन्दोलनहरु जारी छन् । र यि आन्दोलनहरु सहि निष्र्कषमा नपुगि टुंगिनेवाला पनि छैनन् । यसरि उठेका आन्दोलनहरुमा युवा विद्यार्थीहरुको अति नै महत्वपुर्ण  भुमिका रहेको कुरा सर्वस्विकार्य छ ।   
अहिलेका सन्धर्भमा प्रायजसो आमाबाबुले आफना छोराछोरीहरुलाई राजनितिको पहुंचबाट सकेसम्म टाढै राख्न चाहने प्रचलन नेपाली समाजमा बढ्दो छ । आफना छेराछोरीहरु सबैको नजरमा राम्रो बनोस र उनिहरुको भविष्य उज्ज्वल बनोस भन्ने कुराको सोच राख्नु स्वभाविक प्रकृया अन्र्तगत नै पर्दछ । र अभिभावकहरुको मतलाई मान्ने हो भने उज्जवल भविश्यको निम्ति सकेसम्म आफना छोराछोरीहरुलाई राजनितिको पहुंचबाट टाढा राख्ने गरिन्छ । आफनो अभिभावकको यस्तो सोचका बाबजुत राजनितिमा सहभागि हुने अथवा नहुने भन्ने कुरा स्वयंम विद्यार्थीको समाजको घटनालाई हेर्ने दृष्टिकोण तथा उनिहरुको व्यक्तिगत स्वभावमा भर पर्ने कुरा हो । समाजमा विभेद छ, शोषण छ, अन्ययाय छ, दलालिप्रथा व्याप्त छ, समग्रमा वर्गिय विभेद छ र त्यसको अन्त्यको निम्ति कठिन संघर्ष गर्नुपर्दछ भन्ने प्रकारको दृष्टिकोण र समाज जे भएपनि जता गएपनि आखिर दुईछाक खान पाए भो भन्ने प्रकारको दृष्टिकोण बिचको द्वन्दको निष्कर्श ले नै राजनितिमा लाग्ने अथवा नलाग्ने भन्ने कुरालाई निर्धारण गर्दछ । त्यसकारण समाजको समग्र परिवर्तनलाई समाजभित्र रहेका मानिसहरुको राजनितिक चेतनास्तरले प्रभावकारी भुमिका खेल्दछ भन्ने कुरामा दुईमत छैन् ।
 
हामी विधार्थीहरु पनि यहि समाजका सदस्यहरु हौं । समाजका हरेक घटनाक्रमहरुसंग हामी प्रत्यक्ष रुपमा जोडिएका हुन्छौं । आफनो बिचमा आंफैसंग सम्बन्धित रहेका अलावा अन्य घटनाक्रमहरुप्रति हाम्रो चासो रहन्छ र त्यी घटनाप्रतिको एक प्रकारको दृष्टिकोण निर्माण पनि गरेर बसेका हुन्छौं । त्यसैको आधारमा हामी कुनै वस्तु अथवा परिघटनालाई सहि अथवा गलत भनेर आआफनै किसिमले व्याख्या गर्दछौं । जसले जे जस्तो व्याख्या विश्लेषण गरेता पनि अखिर सत्य सत्य नै हुन्छ र असत्य चाहिं असत्य नै हुन्छ । ठिक त्यहि प्रकारको विश्लेषण तथा तार्किकता गर्ने प्रवृति हामीले अध्ययन गर्ने विश्वविद्यालय अथवा कलेजहरुमा प्रकट गर्दछौं । आम्रा तर्कहरु तथा विश्लेषणहरु त्यहि अनुरुपका हुने गर्दछन् । जसले सामाजिक न्ययाय को साथसाथै विश्वविद्यालयमा विद्यार्थीहरुको पठनपाठन संग सम्बन्धित न्यायहरुको सन्धर्भमा प्रत्यक्ष प्रभाव पार्दछ । यसकारणले समाजको वर्गिय राजनिति र विश्वविद्यालयको विद्यार्थी राजनितिको बिचमा गहिरो सामिप्यता रहन्छ । त्यो कुरा दुई प्रकारका दृष्टिकोणमा आधारित रहन्छ । एउटा विश्वविद्यालयमा अध्ययन गर्ने गरिब विद्यार्थीहरु पनि गरिब तथा पिछडिएको क्षेत्रबाट आउनेहरुको निम्ति समग्र वर्गिय आन्दोलन अत्यावश्यक हुन्छ भन्ने र अर्को चाहिं अलि सुगम क्षेत्रबाट आउनेहरुको निम्ति विश्वविद्यालयमा मात्रै आन्दोलन गरे पुग्ने भन्ने हुन्छ । यसकारणले विद्यार्थी आन्दोलन के कुराको निम्ति र कसको निम्ति भन्ने कुरा वर्गिय आन्दोलनमा अति नै महत्वपुण विषयवस्तुको रुपमा रहन्छ । खासमा विद्यार्थी आन्दोलन श्रमजिवि वर्गको आन्दोलन, वर्गिय मुक्तिको आन्दोलनको निम्ति श्रमजिवि वगलाई वढि भन्दा बढि आन्दोलनप्रति उत्प्रेरित गर्ने साथै थप आन्दोलन तथा संघर्षको निम्ति चेलना फैलाउने यन्त्रको रुपमा स्थापित भएको संस्कार हो । जसका बहुआयामिक पक्षहरुले विद्यार्थी हक हित र अधिकारको निम्ति थप लड्नको निम्ति प्रेरित गर्दछन् । त्यसकारण वर्गिय आन्दोलन संग यदि विद्यार्थी आन्दोलन जोडियन भने त्यसको कुनै किसिमको सार्थकता तथा औचित्यता रहंदैन । त्यसका साथै विद्यार्थी आन्दोलनको औचित्यता ब्यबहारिक तथा उत्पादनमुलक शिक्षा प्राप्तिको मागसंग पनि दरो गरि जोडिएको हुन्छ ।
 
वर्तमान नेपालको राष्ट्रिय राजनिति र त्यो संगै संगसंगै हिडिरहेको विद्यार्थी राजनितिलाई हेर्दा सत्तामोह, चरम दलाली, घुसखोरी, कमिसनखोरी र व्यक्तिगत स्वर्थ अनुरुपनै परिचालित भएको देखिन्छ । अहिलेको अवस्थामा विशेषत ठूला भन्ने दलहरु नेपाली कांग्रेश, एमाले, माओवादी केन्द्र र राप्रापा नेपाल ले नै मुलरुपमा देशको सम्पुर्ण सत्ता र शक्तिको प्रतिनिधित्व गरिरहेका छन् । तर उनिहरुभित्रको कार्यकर्ताहरु को तहमा पनि चरम दलाली, गुटबन्दी, तथा सँगठित अपराधिकरण व्याप्त छ । र त्यो ति दलनिकट विद्यार्थीहरुमा पनि व्याप्त छ । उदाहरणको निम्ति कलेजमा पढ्न आउने नयां विधाथीहरुलाई कलेजको पढाई सकिएपश्चात जागिर लाईदिने प्रलोभन देखाउने, कलेजको ईकाई समितिको नेतृत्व गर्न आफुभन्दा माथिल्लो स्तरको नेताको चाकडि गर्ने, विश्वविद्यालय तथा क्याम्पसहरुमा हुने ठेक्कापट्टामा व्यापक कमिसन खानको निम्ति क्याम्पस प्रशासनलाई धम्क्याउने, क्याम्पसको पुस्तकालयामा आगो लगाउने, विश्वविद्यालयमा विभिन्न आईएनजिओहरुले विश्वविद्यालयनै धरासायी बनाउन ल्याएका प्राबधानहरु तथा प्रस्तावहरुलाई आर्थीक चलखेल तथा कमिसनको आधारमा स्विकार गर्ने र अन्तत सम्पूर्ण सरकारी शिक्षण संस्थाहरुलाई निजिकरण तथा व्यपारीकरणमा सहयोग पु¥याउने तर विश्वविद्यालयलाई आम विद्याथीहरुको पहुँचमा पु¥याउने कुरामा, निशुल्क व्यवाहारिक तथा वैज्ञानिक शिक्षा प्राप्तिको निम्ति कुनै मतलव नराख्ने लगाएतका गैह्रजिम्मेवारीप्रर्ण तथा असान्र्धभिक क्रियाकलापहरुमा सहभागि भई समग्र विद्यार्थी राजनिति र आन्दोलनलाई नै धरासायी बनाउने कुरामा विशेष भुमिका खेलिरहेका छन् । समग्रमा विद्यार्थी राजनितिप्रति आमजनता तथा अभिभावहरुको धारणलाई नकरात्मक बनाउन सघाईरहेका छन् । त्यस्तै देशमा बाह्य हस्तक्षेप पनि ब्यापक रुपमा बढ्दो छ, संघियता जस्तो देश नै टुक्रिने राज्य ब्यवस्था स्थापनार्थ विदेशि शक्तिहरुको स्वर्थपूर्तिको निम्ति रातदिन चाकडि गरिरहेका छन् । यस्तै प्रकारको अस्वस्थ प्रकारको राजनितिक चलखेल तथा संस्कारको कारणले गर्दा प्रत्येक दुई वर्षमा हुने शहिदहरुको रगतले साटेर ल्यायको समपूर्ण विद्यार्थीहरुको प्रतिनिधि संस्था स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई आठ वर्षसम्म पछि धकेल्ने काम गरे । र यस विचमा विभिन्न क्याम्पसहरुमा क्याम्पस प्रशासनसंग मिलेर विभिन्न डर धम्कि देखाएर ठूलो पैमानामा आर्थिक चलखेल गरे । विभिन्न समयमा चुनावको निम्ति मिति घोषणा गरि कार्यतालिका समेत गरिसकेको अवस्थामा पनि विद्यार्थी भर्नामा अनियमितता, चरम आर्थिक चलखेल लगाएतका कारणहरुले गर्दा स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव स्थगित भएका थिए । प्रकारको अवस्थाको निम्ति एमाले निकट अनेरास्वियू, माओवादी निकट अखिल क्रान्तिकारी, र काँग्रेशनिकट नेपाल विद्यार्थी संघ नै प्रमुख दोशी छन् र सम्पूर्ण जिम्मेवारी उनिहरुले नै लिनुपर्दछ ।
 
यस्तै अस्तव्यस्तताका बावजुत नेपाल कम्यिुनिष्ट पार्टी मसालको भातृ संगठन अखिल (छैठौ) ले जनतन्त्र, जनजिविका र विद्यार्थी हकहितको निम्ति संघर्ष गरिरहेको छ । मर्नै लागेको स्वतन्त्र विद्यार्थी युनियनलाई सर्वाेच्च अदालतको ढोकासम्म पुगि मुद्दा दायर गरेर त्रिविलाई स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउन बाध्य पारेको छ । र यहि फल्गुन १८ गतेका दिन चुनावको निम्ति मिति तय गरिएको छ । विश्वविद्यालयभित्र हुने सबैखाले अनियमितता तथा विश्वविद्यालयभित्र हुने बाह्य तथा आन्तरिक माफियातन्त्रको भण्डाफोर गर्दै विश्वविद्यालयमा शैक्षिक तथा प्राज्ञिक मर्यादा कायम गराउनमा संर्घषरत छ । शैक्षिक संस्थाहरुलाई सरकारको स्वामित्वबाट क्रमश मुक्त पार्दै निजिकरण तथा ब्यापारीकरण गर्ने प्रमुख दलको रवैयाको विरुद्धमा शसक्त तथा प्रतिरोध आन्दोलनमा आँफुलाई सर्मपित गरिरहेको छ । विद्यार्थी वर्गमा हुने सबैखाले अन्ययाय, अत्यचार को अन्त्य गर्न तथा वैज्ञानिक र उत्पादनमुदक शिक्षाको विकाशमा दलाली राज्य ब्यवस्थातर्फ ठाडो औंला ठड्याईरहेको छ । साथै सम्पूर्ण श्रमजिवि वर्गका हक, हित र अधिकारको ग्यारेण्टी गर्दै जनसत्ता स्थापना मार्फत समाजवादी र साम्यवादी राज्यव्यवस्था स्थापनाको तर्फको बाटोमा अगाडि बढिरहेको छ । त्यसको दरिलो प्रमाण भनेको अखिल(छैठौं) को ईमान्दारिता, विद्यार्थी आन्दोलनप्रतिको कर्तव्यनिष्ठा, सैद्धान्तिक तथा दार्शनिक हतियारप्रतिको आस्था अनि विश्वास हो । त्यसकारणले अहिले यहि फल्गुन १८ गतेको निम्ति तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्नको निम्ति अखिल (छैठौं) पूर्ण हकदार छ । साथै (छैठौं) ले विद्यार्थीहरुलाई दुईचार कप चिया, एक दुईछाक खाना, नास्ता, एक दुई सेट नोटहरु, फोटोकपीहरु, पुस्तकहरु लगाएतका विद्यार्थीको ईमान्दारीता भुट्ने क्षणिक प्रलोभन देखाई चुनावमा जांदैन र जानु पनि उपयुक्त हुदैन । तर त्यसको सट्टा न्याय प्राप्तिको निम्ति संघर्ष, वर्गिय आन्दोलन, सैद्धान्तिक दार्शनिक विचारको प्रवाह र सम्पूर्ण मानव जगतको मुक्तिको आन्दोलनको निम्ति जस्तोसुकै कठिनता पनि ब्यहोर्न सक्ने क्षमता छ भने र त्यसको सर्मथन गर्ने आँट छ भने मात्रै त्यस प्रकारका विद्यार्थी साथीहरुको साथ सहयोग र सर्मथनको अपेक्षा गर्दछ र तिनिहरुको प्रतिनिधित्व गर्दै चुनावमा भाग लिन्छ । जो संग राष्ट्रलाई बाह्य हस्तक्षबाट मुक्त गराई स्वतन्त्र स्वाधिन तथा सार्वभौमसम्पन्न देश निर्माणमा प्रतिबद्ध हुने आँट छ, देश विखण्डन गराउने विखण्डनकारीहरुको विरुद्धको संर्घषमा सामेल हुने हैसियत र आत्मविश्वास छ तिनै विद्यार्थी साथीहरुको प्रतिनिधित्व गर्दै चुनावमा भाग लिन्छ ।
 
त्यसकारण आज हरेक विद्यार्थी साथीहरुले मनन गर्नै पर्ने कुरा यो छ कि, हाम्रो समाज, हाम्रो देश ककसको कारणले गर्दा कुन दिशातर्फ गईरहेको छ ? आज देशको राष्ट्रिय राजनितिको रुपरेखा कुन दिशातर्फ कोरिदै छ ? आज देशलाई संघियतामार्फत सिक्किमिकरण गराउने षढ्यन्त्रको आज्ञापालक को हुन ? हाम्रो समाज र राष्ट्रप्रतिको ऐतिहासिक दायित्व तथा जिम्मेवारी के हो ? आज देशमा शिक्षा क्षेत्रको अवस्था कुन कस्तो छ र त्यसको निम्ति को को जिम्मेवार छन ? हाम्रा निम्ति कस्तो शिक्षाको आवश्यकता पर्दछ ? विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिहरु कहाँ कुन अवस्थामा छन ? भन्ने कुराहरुको सम्पूर्ण न्यायप्रमी विद्यार्थी साथीहरुले बुझनुपर्ने छ । ठूला दल निकटका विद्यार्थी साथीहरुले तपाईहरुलाई प्रदान गर्ने लोभ लालचिपूर्ण गुडुकाहरुलाई चपाएर भुईमा थुक्नुपर्ने छ । र सबैखाले देशी तथा विदेशि शक्तिहरुको विरुद्ध राष्ट्रिय स्वाधिनता तथा अखण्डताको लडाईं लड्नको निम्ति तयार हुनुपर्ने छ त्यसको निम्ति आगामी स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अखिल(छैठौं) का उमेद्दवारहरुलाई भारी मतका साथ विजय गरायनुपर्नेछ । यहिनै राष्ट्रिय अखण्डताप्रतिको सम्मान हुनेछ, वर्गिय मुक्ति आन्दोलनप्रतिको सच्चा लगाव प्रकट हुनेछ, विश्वविद्यालयलाई नै धरासायी बनाउने षढ्यन्त्रको विरुद्धको संघर्षप्रतिको ऐकेबद्धता हुनेछ, र सिङगो स्वतन्त्र विद्यार्थी यूनियन प्रतिको न्याय हुनेछ ।
 



प्रतिक्रियाहरु