एनआरएनए जापानमा आर्थिक अनियमितता :- उच्चस्तरीय छानबिन समिती

टोकियो,जापान।
एनआरएनए जापानमा भएको अनियमितताको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले छानबिनको प्रतिवेदन एनआरएनए आइसीसीलाई बुझाएको छ । 
बिभिन्न चरणमा ठुलो मात्रामा आर्थिक अनियमितता भएको निष्कर्ष सहितको ९१ पृष्ठको प्रतिबेदन आइसिसि एसिया प्यासिफिक संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको छ । 
 
    एनआरएनए जापानमा अनियमितता भएको भनी साधारण सभा लागायतका कार्यक्रममा  विवाद भएपछि छानबिनका लागि गठित उच्च स्तरीय समितिले ६ महिना लामो छानबिन पछि समितीले प्रतिवेदन सार्वजनिक सहित हस्तान्तरण गरेको छ।
एनआरएनए जापानमा २०१५ देखि २०२० सम्ममा भए गरेका अर्थिक क्रियाकलापलाई सुक्ष्म ढंगले अध्ययन गरेर बुझाइएको प्रतिवेदनमा विभिन्न व्यक्तिको नाममा सस्थाको खाताबाट ठुलो रकम निकालिएको भएपनि कुन प्रयोजनका लागि निकालिएको भन्ने उद्देश्य खुल्न नसकेको प्रतिबेदनमा जनाइएको छ ।
 
भूकम्पका लागि संकलन गरिएको राहत रकम, विभिन्न समयमा आयोजना गरिएका फेस्टिवल, जापानमा मृत्यु भएका नेपालीहरुको बिमा रकम हिनामिना, कार्यालयको भाडामा समेत आर्थिक पारदर्शिता नदेखिएको देखी बिल भरपाई बिना नै ठूलो रकम व्यक्तिका नाममा निकासा गरिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
 
 
कार्यालयमा लेखा सम्बन्धि कर्मचारी राख्नु पर्ने, सस्थाको हिसाब पारदर्शी गराउनका लागि नियमित वार्षिक रुपमा अडिट गर्ने व्यवस्था मिलाउनु पर्ने लगायतका सुझाबहरु प्रतिवेदनमा समेटिएको छ ।
२०२० अक्टोबरमा आइसीसी सचिवालयले गठन गरेको छानबिन समितिमा  एनआरएनए जापानका संस्थापक अध्यक्ष  राजेश प्रधानाङ्ग संयोजक डा.बलराम श्रेष्ठ सदस्य सचिव, शालिकराम भण्डारी, डा.सरोज कडेल र विजय थकाली सदस्य रहनु भएको थियो 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु