एनआरएनए जापान क्युस्यु क्षेत्रिय समितिको अधिबेशनबाट अर्जुन थापाको संयोजकत्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन

फुकुओका,जापान।
एनआरएनए जापान क्युस्यु क्षेत्रिय समितिको सातौँ अधिबेशन सम्पन्न भएको छ ।  जुन ५ तारिक शनिबार फुकुओका शहरमा सम्पन्न अधिबेशनले अर्जुन थापाको संयोजत्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।  अधिबेशनबाट क्युस्यु क्षेत्रिय कार्यसमितिको उपसंयोजकमा भिम बहादुर गुरुङ्ग, बिबेक बुढाथोकि र महिला उप संयोजकमा कमला पाण्डे चयन हुनुभएको छ।
 
यस्तै सचिबमा कृष्णहरि पाठक, सहसचिबमा सुनिल श्रेष्ठ र भिम बुढाथोकि, कोषाध्यक्षमा केशब कुमार लामिछाने, सह कोषाध्यक्षमा रिपुहरी सापकोटा सर्वसम्मत चयन हुनु भएको हो । भने सदस्यहरुमा अमृत भट्ट, प्रदिप कुमार राई, सुबास बहादुर बोहरा, दिपक बहादुर शाही महिला सदस्यमा कृष्णा बस्नेत र बिद्यार्थी सदस्यमा सञ्जन सुबेदी निर्बिरोध निर्वाचित भएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु