सबैको चासो रहेको एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन कार्य तीव्र चरणमा

Gandakipost

प्रवास

 
वि सं २०७८ बैशाख ६ सोमवार 
अप्रिल १७ मा संयोजक राजन प्रधानंगको अध्यक्षतामा बसेको बैठकले हालसम्म गरेको कार्यको समिक्षा सहित छानबिनका कार्यहरूको बांडफाड़ गरी छींटो र छरितो ग़र्ने निर्णय सहित ज़िम्मेवारी बाडफाड़ गरीएको छ ।
वास्तवमा सोचे जस्तो सहज नभएको र कोविड़ १९ ले गर्दा काममा समेत बाधा आएकोले केहि विलम्ब भएको सदस्य सचिब डा.बलराम श्रेस्ठले जानकारी दिनु भयो ।
 
उक्त छानबिन समिति बने पश्चात जापानबासी नेपालीहरूले धेरै गुनासो र अनिमियतता भएको उजुरी परेपनि प्रमाण संकलनमा धेरै समय खर्चिनु परेको छ,जापानबासी नेपाली हरु संग संबन्धित अत्यन्त गम्भीर विषयहरु एक पछि अर्को उजुरीको तथा जानकारीको रुपमा यस समितिमा क्रमिक रुपमा आउदै गरेकोले त्यस्को नज़रअन्दाज़ गर्न नसकीने हुनाले यों कमिटी गम्भीर ढंगबाट आफ़्नो छानबिन कार्य अगी बढाउने संयोजक राजन प्रधांगले बताउनु भयो।
अझै पनि सम्बन्धित निबेदन,जानकारी तथा गुनासो भएमा जापानबासी नेपालीहरूलाई उजुरि तथा प्रमाण निम्न इमेल तथा ठेगानामा पठाई गरि सहयोग गरिं दिन हुन् हार्दिक अनुरोध गर्दछौ ।
 
यस उच्चस्तरीय छानबिन समितिको निम्न इमेल र ठेगानामा यो सुचना प्रकाशित मिति-२०२१ अप्रिल १८ तारिख
ईमेल र ठेगाना निम्न अनुसार छ –
Email:investigationcommitteejapan@gmail.com
Address:130-0026
4-35-2 Takashima sankyo Flat 203, Sumida ku Tokyo.
उच्चस्तरीय छानबिन समिति गैरआवासीय नेपाली संघ ,जापान
 
भवदीय
डा.बलराम श्रेष्ठ – सदस्य सचिब , उच्चस्तरीय छानबिन समिति गैरे आबासिय नेपाली संघ ,जापान



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु