बाग्लुङ्ग समाज जापानले यही मार्च २६ तारिख रनिङ कप भलिबल प्रतीयोगीता गर्ने ,टिम दर्ता खुल्ला

टोकियो,जापान 

बाग्लुङ्ग समाज जापानले प्रथम रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएकाे छ। यही मार्च २६ तारिख शुक्रबार जापानबासी खेलप्रेमी नेपालीलाइ समेटेर साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा कार्यक्रम गर्ने जनाएको छ ।

 

प्रतियोगिताको तयारी तथा ब्यबस्थापनका लागि संस्थाका उपाध्यक्ष बिरोध चालीसे संयोजक रहने गरी मुलआयोजक समिति साथै कार्यसमिती सदस्य बसन्त थापालाई खेलकुद संयोजक तथा केशब सुवेदीलाई हल व्यवस्थापनको जिम्मेवारी प्रदान् गरिएको समाजका अध्यक्ष प्रेम कँडेलले जानकारि दिनुभएको छ । 

 

खेलमा सहभागि हुनको लागि ४० हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । 

प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुनेलाई नगद १ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुनेलाई नगद ८५ हजार ५ सय पच्पन्न येन प्रमाण पत्र,मेडल साथै ४  छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार द्वारा सम्मान गरिने तयारी रहेकाे कार्यक्रम संयोजक बिरोध चालीसेले जानकारी दिनुभएको छ ।

बाग्लुङ समाज जापानले नेपालको राष्ट्रीय खेल भलिबललाई जापानमा यस बर्षबाट रनिङ कपको रुपमा आयोजना गर्न लागेको हो ।।

प्रतियोगिता सफल बनाउनको लागि खेलाडी, खेलप्रेमी,जापानमा रहेका बिभिन्न संघ संस्थाहरूमा आयोजकका तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोगका लागि अनुरोध समेत गरिएको छ ।

 

टिम दर्ता वा केहि आवश्यक परेमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ । बिरोध चालिसे 08076514657, प्रेम कँडेल 08032428235 ,बसन्त थापा 08044736183,  केशव सुबेदी 090 6744 3217 मा सम्पर्क गरि टिम दर्ता गर्न अनुरोध समेत गरिएको छ । 

 

 

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु