नयाँ फ्रिक्वेन्सीको न्यूनतम मूल्य तोकियो

२०७३- नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई बोलकबोलमार्फत बिक्री गर्न हालसम्म प्रयोग नभएका दुईवटा नयाँ ब्यान्डका फ्रिक्वेन्सीको न्यूनतम दस्तुर (बेस प्राइस) तोकेको छ ।

गत साता बसेको प्राधिकरण सञ्चालक समिति बैठकले हालसम्म खुला नगरिएका ७ सय र २ हजार ६ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीको न्यूनतम दस्तुर तोकेको हो । फ्रिक्वेन्सी टेलिफोन, इन्टरनेटलगायतका दूरसञ्चार सेवा चलाउन आवश्यक हुन्छ । सीमित मात्रामा उपलब्ध हुने भएकाले फ्रिक्वेन्सीलाई राज्यको महत्त्वपूर्ण स्रोत मानिन्छ । सरकारले नेपालमा पहिलोपटक ७ सय र २ हजार ६ सय ब्यान्डको फ्रिक्वेन्सीलाई बोलकबोलबाट बिक्री गर्न लागेको हो । 

 



प्रतिक्रियाहरु