टोटल सेवा ग्रुपले नेपालमा सुरु गर्यो अनलाइन सेवा ।

जापानमा अध्यनरत युवाहरुको समुहले आफ्नै देश नेपालमा  सबै किसिमका सामान किन्न तथा बेच्न सक्ने गरि बाक्लो उपस्थितिका  बिच काठमाडौँको  सामाखुसी आफ्नै कार्यलयमा अनलाइन सेवाको उद्घाटन गरेको छ  ।
 इन्टरनेटको माध्यमबाट  सबै किसिमका सामान किन्न तथा बेच्न मात्र नभई ग्राहकले आफ्ना नया तथा पुराना सबै सामानहरु नि :शुल्क यस साइटमा राखी बेच्न सक्नेछन । नेपालमा केहि गरौ भन्ने उद्देस्यका साथ आफुहरुले बिदेशमा पढेको ,सिकेको तथा प्रयोग गरेको प्रविधिलाई नेपाली बजारमा  भित्र्यायको यस अनलाइन सेवा व्यवसायमुखी नभई सेवा मुखी हुने टोटल सेवा ग्रुपले जनाएको  छ ।कसरी सस्तो छिटो अनि भरपर्दो सेवा दिन सकिन्छ भन्ने बिषयमा अनुसन्धान गर्दै रहेकोले पूर्णरुपमा एस सेवा नेपाली नया बर्ष बैशाख १ गतेबाट सर्बसाधारणले सेवा  पाउन संस्थाका निर्देशक सुरज खड्काले  बताउनु भयो ।



प्रतिक्रियाहरु