अन्तर्राष्ट्रिय गल्कोट समाजको भेला सम्पन्न,गलकाेटकाे विकासमा सवै एक भएर लाग्नुपर्नेमा सहभागिकाे जाेड

शनिवार गल्कोटेहरुको प्रथम अन्तर्राष्ट्रिय भेला काठमाडौंको शंखमुलस्थित नेरिक एकेडेमीमा सम्पन्न भएको छ ।

संसारभरि छरिएर रहेका गल्कोटेहरुलाई एकत्रित गरी अन्तर्राष्ट्रिय गल्कोट समाज गठन गर्ने उद्देश्यले भेलाकाे अायाेजना गरिएकाे हाे।

 

संसारभरि छरिएर रहेका गल्कोटेहरुलाई एकत्रित गरी उनीहरुले आर्जन गरेकाे सीप, पुँजी, अनुभव र दक्षतालाई गल्कोट क्षेत्रको बिकासमा उपयोग गर्ने  लक्ष्य राख्दै अन्तर्राष्ट्रिय गल्कोट समाजको अवधारणा अगाडि सारिएको जनाईएको छ।

 

गल्कोट समाज जापानको आयोजनामा भएको प्रथम भेलाले समाजका संरक्षक बेलुकाजी थापा संयोजक र मेघ केसी सदस्य सचिव तथा विभिन्न देशमा रहेका गल्कोट समाजका अध्यक्षहरु सदस्य रहने गरी एक तदर्थ समिति गठन गरिएको छ। आवश्यक तयारी गरी उपयुक्त समयमा प्रथम अधिवेशन गल्कोटमा गर्ने गराउने कार्यसमितिलाई जिम्मेवारी दिईएको छ। 

काठमाडौंको शंखमुलस्थित नेरिक एकेडेमीमा भेला सम्पन्न भएकाे  भेलामा विभिन्न देशहरुमा राेजगारिकाे निम्ति परदेशिएका गलकाेटेहरु उपस्थित भएका थिए।उनिहरुले मन्तव्य राख्दै  गलकाेटकाे विकासमा सवै एक भएर लाग्नुपर्नेमा जाेड दिएका थिए।



प्रतिक्रियाहरु