एनआरएनए जापानले जापानमा नेपाली महिलाका लागि चुनौती र अवसरहरू बिषयक कार्यक्रम गर्दै

टोकियो, जापान।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (एनआरएनए जापान) ले गत जनवरी २३ तारीख देखी बिभिन्न विषयमा चरणवद्द रुपमा  NRNA JAPAN CONCLAVE -2021 नामक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । अहिले सम्म विभिन्न विषयका तिनओटा शृंखला सम्पन्न भैसकेका छन् भने सुरुवातीमा चार शृङ्खला तय गरीएपनी थप सुझाव र सल्लाह प्राप्त भएअनुसार महिला समस्या एवं अन्य गतिबिधी सम्बन्धी पनी कार्यक्रम गर्दा राम्रो हुने भन्ने कुरा आएकोले चार शृङ्खलाको कार्यक्रमलाई थप गरी पाँच पुर्याईएकोछ। यो पटक भने जापानमा नेपाली महिलाका लागि चुनौती र अवसरहरू(Challenges and opportunities for a Nepali woman in Japan)विषयक शृङ्खलाको तय भएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ ले जानकारी गराउनु भएको छ।
       एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदी लाई उक्त शृङ्खलाको आयोजनाको जिम्मेवारी दिइएको पनी प्रवक्ता श्रेष्ठले बताउनुभयो । कार्यक्रमको प्यानलिस्टहरुमा नेपालबाट महिला अधिवक्ता अञ्जना अर्याल, जापानमा अध्ययन सकेर नेपाल फर्कनुभएको डा. ऋचा शाह तथा हाल जापानमै रहनुभएका डा. सुप्रिया शाक्य र सुष्मा श्रेष्ठ रहनुहुनेछ, कार्यक्रमको सहजिकरण भने महिला संयोजक संगिता अधिकारी सुवेदीले गर्नुहुनेछ । कार्यक्रम यही फेब्रुवरी १२ तारीक जापानको समय अनुसार बेलुका ८ बजे बाट हुनेछ । उक्त कार्यक्रम विभिन्न सञ्चारमाध्यमबाट एकैसाथ प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । भने गण्डकी पोष्ट डट कम ले पनी प्रत्यक्ष प्रसारण गर्नेछ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु