जापानका नोनाका बने विश्वकै जीवित जेष्ठ मानिस

चैत्र २७ -जापानका मासाजो नोनाका विश्वकै जीवित जेष्ठ मानिस बनेका छन् । गिनिज बुक अफ दि वल्र्ड रेकर्डले नोनाकालाई विश्वकै जीवित सबैभन्दा जेष्ठ व्यक्तिको प्रमाणपत्र दिएको छ । उनी ११२ वर्ष २५९ दिनका भएका छन् । गिनिज बुकका प्रतिनिधिले होकाइडोस्थित नोनाकाको घरमा पुगेर प्रमाणपत्र दिएका छन् । यसअघि यो रेकर्ड स्पेनका फ्रान्सिस्को नूनज ओलिभाराको नाममा थियो, जसको ११३ वर्षको उमेरमा गत फेब्रुअरीमा निधन भएको थियो । नोनाकाको जन्म २५ जुलाई १९०५ मा भएको थियो । उनका सात दाजुभाइ र एक बहिनी छन् । १९३१ मा बिहे गरेका उनका पाँच सन्तान छन् ।



प्रतिक्रियाहरु