स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको मृत्यु

चैत्र २६ -स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको ज्यान गएको छ । गुरचाल गाउँको बजीर राम सिंह पठानिया ममोरियल पब्लिक स्कुलको बस दिउँसो ३ बजे स्कुल विदा भएपछि विद्यार्थीलाई घरमा छोड्न निस्कने क्रममा दुर्घटनाग्रस्त भएको हो । हिमाञ्चलको कागडा जिल्लाको नुरपुर नजिकैको मलकवाल–ठेहड लिंक सडकमा निजी स्कुलको बस ७ सय मिटर तल खस्दा २७ बालबालिकासहित ३० जनाको ज्यान गएको भारतिय संचार माध्यमले बताइएको छ । मृत्यु हुनेमा ड्राइभर र शिक्षिका पनि रहेको बताइएको छ । ५ विद्यार्थीलाई जिवितै उद्दार गरी अस्पताल पठाइएको छ।विपरित दिशाबाट आइरहेको मोटरसाइकल बचाउने क्रममा चालकले स्टेयरिंगको नियन्त्रण गुमाएपछि बस सडकबाट तल खसेको भारतीय सञ्चारमाध्यमले जनाए ।(एजेन्सी )



प्रतिक्रियाहरु