सुनको मूल्य फेरि तीन सयले बढ्यो

नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेर तोलाको ९९ सय हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँ बढेको हो । तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य आज २५ रुपैयाँले सस्तो बनेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रियाहरु