२०३४ असार ३१ गते आइतबार बाग्लुङ जिल्लाको तग्राम गाबिसमा आमा चन्द्रकला थापा र पिता भद्र बहादुर थापाको जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका तिलक थापा ,आफ्नो गाऊँकै श्री धारा प्रा.बी (हालको माबी) बाट प्राथमिक शिक्षा र नारायणी नि.मा.वि. (हालको माबी) र भिमसेन माबी (हालको उच्च माबी)बिहु बाट निमाबी र प्रबेसिका लक्ष्मी माबी धम्जा बाट माध्यामिक शिक्षा हांसील गर्नु भएको थियो ।
सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने थापा बिद्यालयमा अनेरास्वबियु (छैठौ ) र गाउका सामाजिक संघ संस्था,क्लबहरुमा संलग्न हुनु भयो । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, प्रहसन, लगाएतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल थापा स्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित बिद्यार्थी हुनुहुन्थ्यो । त्यस समयमा उहाँले बिद्यालयमा मात्र होइन त्यस क्षेत्रमै अनेरास्वबियु (छैठौ) नेतृत्व पनि गर्नु भएको थियो ।
प्रबेशिका उतीर्ण पछी पारिवारिक कारणले अध्यनलाई अगाडि बढाउन सक्नु भएन र युबा राजनीतिमा लाग्नु भयो । २०४८ मा अखिल छैठौ तंग्रामको अध्यक्ष २०४९मा अखिल नेपाल युबक संघ को तग्राम गांउ समितिको अध्यक्ष हुँदै युबा राजनीतिमा लाग्नु भएका उंहा २०५१ मा बाग्लुङ एरिया समिती अध्यक्ष २०५४ मा बाग्लुङ जिल्ला समिती सदस्य २०५६ मा बाग्लुङ जिल्ला समिती सचिब हुँदै २०५९ मा जिल्ला समिती अध्यक्ष हुनु भएको थियो ।
२०६० मा अखिल नेपाल युबक संघ को केन्द्रिय समिती सदस्य बन्नु भएको उंहा २०६४ मा केन्द्रिय सचिब हुनु भएको थियो र २०६६ मा बुटवलमा सम्पन्न ५औ राष्ट्रिय समेलन बाट केन्द्रिय कोषाध्यक्षमा निर्वाचित हुनुभयो । २०६७ मा केन्द्रिय महासचिब बन्नुभएको उँहा २०७१ मा नारायणगढमा भएको छैठौ राष्ट्रिय सम्मेलन बाट केन्द्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
आन्दोलनमा तिलक थापा
- २०५३मा काठमान्डौ भएको महाकाली सन्धी बिरुद्धको आन्दोलनमा सकृय सहभागीता जनाउनु भएको उँहा २०५८ मा तत्कालिन राजा ज्ञानेन्द्र गरेको शाही घोषणा बिरुद्धको आन्दोलनमा पनि सकृय सहभागीता जनाउनु भएको थियो । २०६२/६३ को जन आन्दोलन मा बाग्लुङ बजारमा रही सकृय सहभागीता जनाउनु भएको थियो । अखिल नेपाल युबक संघको मातृ पार्टी राष्ट्रिय जनमोर्चा ले पटक पटक गरेको राष्ट्रियताको पक्षमा बिभिन्न आन्दोलनको अगुवाइ समेत गर्नुभएको छ ।
युबाको समस्या समाधानमा
-युबाका समस्या र समाधान नेपाली युवाका समस्या र समाधान रोजगारी नपाएर विदेशिएका युवाहरु खाडीमा कष्टसाध्य जीवन बिताइरहेका छन् भन्ने सुन्दा युवा राजनीतिज्ञ थापालाई अथाह पीडा छ ‘नेपाली युवाहरुले हरेक १० वर्ष अधिकारका लागि लड्नु परिरहेको छ, उँहा ले भन्नुभयो ‘सामन्तवादको अन्त्य भएपछि विस्तारै युवाको अधिकार स्थापित हुन्छ, तर समय लाग्छ।’ नेपाली गणतन्त्र अहिले प्राथमिक चरणमै रहेकोले युवा परिचालन, रोजगारी सिर्जना, विकास–निर्माणमा तीब्रता आदि कामलाई उच्च प्राथमिकता दिएर अघि बढ्नु पर्छ, ‘युवा विदेशिनु पर्ने बाध्यताको पनि अन्त्य हुन्छ।’ थापाले भन्नुहुन्छ । राजनीतिक अस्थिरता नै युवा पलायनको कारक रहेको थापाको तर्क छ।
प्राकृतिक स्रोतसाधनमा अग्राधिकार हुने गरी युवालाई विकासको नेतृत्व सुम्पिनुपर्ने उनको धारणा छ। ‘प्लटिङ व्यवस्थित गर्ने, कृषि प्रणालीमा सुधार गर्ने र व्यवस्थापकीय कमजोरीलाई सच्याँउने मात्रै गरियो भनेपनि नेपालको ग्रामीण ऋणग्रस्तता अन्त्य हुन्छ,’ उनले भने। राज्य संयन्त्रका कमजोरी हटाउन सके सबै समस्याको निदान हुने उँहाले बताउनु भयो ।
सामाजिक काममा तिलक थापा
सामाजिक काममा पनि सकृय सहभागीता जनाउनु भएको छ तग्राममा मोटर बाटो उँहाको अगुवाइमानै पुगेको हो । त्यस्तै गाँउका शैक्षिक तथा सामाजिक काममा पनि उँहाको सकृय सहभागीता जनाउनु भएको छ , २ पटक सम्म धारा माबीको अध्यक्ष बन्नुभएको छ भने खानेपानी सामुदायिक भबन निर्माण पुल निर्माण पनि उहाको अगुवाइमा भएका छन ।
थापा संग गरेको छोटो कुराकानी ।
१.कहिलेबाट राजनीति सुरु गर्नु भयो ?
– २०४८ मा अखिल (छैठौ ) तग्राम गांउ समिती अध्यक्ष हुँदै , त्यतिबेला म १४ बर्षको थिए ।
२.राजनितिमा किन लाग्नुभयो ?
– मलाई निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनले राजनीति मा लाग्न प्रेरित गर्याे
३. राजनीतिमा लाग्ने प्रेरणा ?
– स्कुल पढ्दै गर्दा आदरणीय दाजु अमर बहादुर थापा , उँहा अहिले राष्ट्रिय जनमोर्चाको बाग्लुङ जिल्ला समितीको अध्यक्ष हुनुन्छ ।
४. राजनीतिमा नलागेको भए के गर्नुहुन्थ्यो ?
– सामाजिक काममा नै सकृय हुन्थे ।
५. शैक्षिक योग्यता ?
– प्रबेशिका सम्म पारिवारीक समस्याले गर्दा अध्ययनलाई अगाडि लैजान सकिन अनी युवा राजनीतिमा प्रबेस गरे ।
६. मनपर्ने नेता ?
– चित्र बहादुर केशी र मोहन बिक्रम शिंह ।
७ . गीत संगित कतिको रुचाउनुहुन्छ ?
- जनबादी गीतहरु मनपर्छ ।
८. सबैभन्दा मन पर्ने गायक र गायिका ?
– जन गायक जिबन शर्मा , गायिकामा लक्ष्मी गुरूङ ।
९ . अहिलेको दिनहरुमा सबैभन्दा धेरै पटक सुनेको गीत ?
– जिबन शर्मा को क्रान्ति आँफै आउन्न रगतको आहुती दिनै पर्छ.................. ।
१० . किताब कतिको पढ्नु हुन्छ ? पछिल्लो पटक पढेको किताब ?
– पढ्छु । मात्सेतुङका छानिएका रचनाहरु ।
११. अहिलेसम्म कति देश पुग्नु भयो ?
– एउटा देश पुगेको छु ।
१२. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ ?
– पोखरा र मुस्ताङ ।
१३. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ ?
– नियमित चलाउछु ।
१४ . राजनितिक जीवनमा सबैभन्दा खुसी भएको क्षण ?
– २०६७ सालमा म लगायत साथीहरुलाई नेपाली काङ्रेसले झुठा मुद्धा लगाएको थियो त्यस बिरुद्ध पुनराबेदन अदालत बाग्लुङ बाट बिजयी प्राप्त गर्दा ।
१५. फुर्सदको समयमा के गर्नु हुन्छ ?
– पुस्तक पत्रपत्रीका पढछु साथै सामाजिक सन्जाल चलाऊछु ।
१६ . राष्ट्रिय राजनीतिमा सबैभन्दा आशालाग्दो नेता ?
– चित्र बहादुर केशी ।
१७ . तपाईको बिचारमा सहि राजनीतिको विकास कसरी होला ?
– राजनीतिमा जनता सचेत हुने , राजनीतिमा युबाहरुको सकृय सहभागीता , भष्ट्रचारको अन्त , जनताका अधिकार लाई सबिधानमा सुनिस्चितता गर्न सके मात्र ।
१८ . आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
–बर्तमान राजनीतिक अवस्थामा युबाहरुलाई बिदेसिनु पर्ने अवस्था श्रीजना भएकाले यस समस्यालाई समाधान गर्न र आफ्ना हक अधिकार लाई सस्थागत गर्न सहयोग गर्न सम्पुण युबा लाई आग्रह गर्दछु ।
मुलुकको समृद्धि र विकासका लागि युवा परिचालनमा जोड दिनुपर्छ । मुलुकको प्राकृतिक सम्पदालाई परिचालन र व्यवस्थापन गर्न सके मुलुक विकास र समृद्धिको बाटोमा लम्कन सक्छ । ‘पर्यटन प्रवद्र्धन गरी समृद्धि राष्ट्रको रुपमा नेपाललाई विश्वमा चिनाउन सकिन्छ।’ त्यसका लागि एक्सन र भिजन भएको नेतालाई नेतृत्व दिनुपर्छ । राष्ट्र निर्माणको अभिभारा बहन गर्न सक्ने युवाको काँधमा नेतृत्व सुम्पिनु पर्छ । युवाहरूलाइ रेमिट्यान्स भित्राउन विदेश पठाउने कामका अन्त गरि देशमै राजगारीके अवसर सृजना गर्ने राजनैतिक वातावरण बनाउन जरूरी छ।