बाबुराम भट्टराई र शेर बाहदुर भन्छन नैतिकताको आधारमा ओलीले राजिनामा दिनुपरछा।

प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे । ‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस्’ उनले अघि भने, ‘तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ ।

लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’ओलीको विकल्प के हुन्छ भन्ने प्रश्न उठ्ने भन्दै उनले पूर्वप्रधानमन्त्रीहरुले दाबेदार नबन्ने प्रस्ताव गरे । ‘६०/६५ उमेर कटेकाहरु प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउँछ । लोकतन्त्र सुदृढ हुन्छ’ उनले भने ।

सरकारले कोरोना नियन्त्रणका लागि रणनीति नै बनाएको छैन। अत्यन्त विषम अवस्थामा भ्रष्टाचारको विषय सर्वाजनिक हुनु सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकालापमा देखिन्छ। यो अवस्थामा सांसदको अपहरण हुनु  अपराधिक गतिविधि स्वीकार्य हुँदैन’, देउवाले भने, ‘ यी विषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको छ। सरकारका कामलाई अत्यन्त सूक्ष्म ढंगले हेर्दा सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको छ।’



प्रतिक्रियाहरु