अनसनरत डा.केसीलाई काठमाडौ ल्याईयो, समर्थक अस्पतालमै कुटिए

साउन ३- चिकित्सा क्षेत्रमा व्यापक विकृती रहेको भन्दै २०६९ असार २१ गते पहिलो पटक अनसन सुरु गरेका डा. गोविन्द केसी अहिले १५ औ अनशनमा छन् । उनको मुख्य माग चिकित्सा क्षेत्रका विकृती अन्त्य गर्ने भएपनि बेलाबखत अन्य बिषयमा समेत केन्द्रित हुने गरेको छ । पछिल्लो पटक संसदमा पेशमा भएको चिकित्साशास्त्र सम्बन्धी विधेयकमा माथेमा आयोगको प्रतिवेदन र यस अघि आफुसँग भएका सहमति नसमेटिएको भन्दै असार १६ गतेबाट जुम्लाको खलंगामा पुगेर अनशन सुरु गरेको थिए । तर आज २० दिन पुग्दा समेत न गोविन्द केसी आफ्ना मागबाटपछि हटेका छन् न सरकारले माग सम्बोधन प्रयास गरेको छ । अनसनको २० औ दिनसम्म केसीको स्वास्थय जटिल बन्दै गएपछि सरकराले नेपाली सेनाको हेलिकप्टर लगेर केसीलाई जबरजस्ती काठमाडौ ल्याएको छ । आफ्ना माग पुरा नहुँदासम्म काठमाडौं नजाने भन्दै अनसनरत डाक्टर केसीका समर्थक र नेपाल प्रहरीबिच अनसन स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुठभेड भएको थियो । मुठभेडमा नेपाल प्रहरीका जवान कमल उपाध्याय गम्भीर घाइते भएका छन् भने अन्य प्रहरी, बिद्यार्थी, चिकित्सक समेत घाइते छन् । मुठभेड नियन्त्रणका लागि प्रहरीले अश्रु ग्यास र लाठी चार्ज समेत गरेको थियो । अस्पताल जस्तो संवेदनशिल स्थानमा भएको यो घटनाको सर्वत्र आलोचना भएको छ । घटनापछि सरकारले गुण्डागर्दी शैली अपनाएको भन्दै डा. गोविन्द केसी काठमाडौ फर्किन तयार भएका थिए । अहिले उनलाई महाराजगंजस्थीत शिक्षण अस्पतालमा राखिएको छ । सरकराले गोविन्द केसीसँग र्वाता गर्न टोली बनाएपनि गति लिन सकेको छैन । साथै शिक्षा मन्त्री गिरीराजमणी पोखरलेले चिकित्साशास्त्र विधेयक संसोधन गर्न सकिने तर फिर्ता नहुने भन्दै आएका छन् । गोविन्द केसीको माग प्रति सरकार अनुदार देखिएपछि सरकार आलोचना भैरहेको छ ।



प्रतिक्रियाहरु