बाग्लुङ समाज जापानले आयोजना गरेको सांगितिक साँझको आयव्यय सार्वजनिक

बिष्णु सापकोटा (टोकियो )— बाग्लुङ समाज जापानले असाहाय बालबालिका तथा बेसाहारा बृध्द बृध्दाको सहयोगार्थ आयोजित सांगितिक साँझको आयव्यय हिजो जुलाई १६ सोमबार बसेको कार्यसमितीको बैठकले पारित गर्दै सार्वजनिक गरेको छ। बिभिन्न उद्देश्य भन्दै आयोजित कार्यक्रमहरुको आयव्यय सार्वजनिक गरिदैन भन्ने आरोप लाई मिथ्या साबित गर्दै बाग्लुङ समाजको आधिकारिक फेसबुक पेजबाट ढिलो भयकोमा माफि माग्दै आयव्यय सार्वजनिक गरियको सामाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयको छ ।अप्रिल २९ मा आयोजित सांगितिक साँझबाट बिभिन्न चार शिर्षकमा प्रायोजकबाट संकलित जम्मा रकम १६ लाख ६ हजार ३ सय छब्बिस जापानिज यन रहेको र बिभिन्न शिर्षकमा ५ लाख ८४ हजार ७ सय पचहत्तर यन खर्च भयको कोषाध्यक्ष यमकान्त कंडेलले जानकारी दिनुभयको छ । बचत रहन आएको १० लाख २१ हजार ५ सय एकाउन्न यन आवश्यक ठाउँ र ब्यक्ती पहिचान गरी नेपालमा एक समन्वय समिती बनाई सहयोग गर्ने निर्णय भयको सचिब राजु के सि ले बताउनुभयको छ । साथै सांगितिक साँझलाई सम्पन्न गर्नको लागि आर्थिक लगायत सबै पक्षबाट सहयोग गर्ने सबैमा धन्यवाद दिदै धन्यवाद प्रस्ताब पारित गर्दै आगामि दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा सस्थाले गरेको जनाइयको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु