बाग्लुंग समाज जापानको सास्कृतिक साँझ हुने

बिष्णु सापकोटा _______ बाग्लुङ समाज जापानको पहिलो बैठक जापानको शिनो कुबोमा सम्पन्न भयको छ समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठ को अध्यक्षता मा बसेको बैठकले कार्यसमिती लाई पुर्णता दिदै संरक्षक र सल्लाहकार समिती चयन गरेको छ भने गोल्डेन वीक तथा नेपाली नयाँ बर्ष २०७५ को अवसरमा बाग्लुङ जिल्लामा रहेका असाहाय तथा सडक बालबालिकाको आधारभुत सिक्षा प्रत्याभुती गर्ने र जापानमा रहेका नेपालीलाई भैपरि आउने घटना को लागि साहायता गर्ने बृहतर उदेश्यसहित यहि अप्रिल २९ आईतवार मेगुरो हल मा साझँ को ६बजे बाट रातको ९बजेसम्म राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सहितको सांगितिक कार्यक्रम गर्ने गरी बिभिन्न उप समिती गठन समेत गरेको छ । मनोनित समितिका सदस्यहरुमा नारायण कंडेल मिना पुन सरिता क्षेत्रि र राजेन्द्र खड्का लाई चयन् गरेको छ भनेर राजाबिन थापा ,डा सुर्य पाठक, महेश श्रेष्ठ ,बेलु थापा, दीपक सुबेदी ,दिलु खत्री र डिपि कंडेल (डन्दपानि )लाई संरक्षक मा मनोनित गरेको छ । त्यसै गरी सोही बैठकले १५ सदस्यिय सल्लाहकारहरुमा नर बहादुर थापा ,सबिता श्रेष्ठ ,दीपेन्द्र के सि ,केशर गिरि ,टंक गैरे, सन्त खत्री, राजन भण्डारी ,कालिका थापा ,राज के सि ,रामकृष्ण बम मल्ल , बाबुराम सापकोटा,अनन्त रिजाल,ॠषिराम कंडेल ,गुरु प्रसाद सापकोटालाई चयन गरेको छ । भने सांगितिक कार्यक्रम लाई ब्यवस्तित् तरिकाले सम्पन्न गर्नको लागि आर्थिक ब्यवस्थापन संयोजकमा यमकान्त कंडेल स्पोन्सर संकलन संयोजकमा प्रेम प्रसाद कंडेल प्रचार प्रसार संयोजकमा राजु के सि सह-संयोजकमा चेतन पौडेल कार्यक्रम ब्यवस्थापक संयोजक बिरोध चालिसे र टिकट ब्यवस्थापकमा सुनिता श्रीस मगरलाई संयोजक र मिडिया पाटनरमा नेपाल जापान डट कम लाई तोकियको आवश्यकता अनुसार उपसमिती थप्न समेत सकिने निर्णय गर्दै सम्पन्न भयको छ ।



प्रतिक्रियाहरु