माछापुच्छ्रे बैंकको नयाँ बर्षमा क्यास ब्याक अफर

चैत्र २६-माछापुच्छ्रे बैंकले नयाँ वर्षको अवसरमा बैंकबाट जारी भएका भिसा चिपबाट सामान खरिद गर्दा १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ। यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा कुनै भुक्तानी गर्दा बील रकमको १० प्रतिशतले बढीमा १ हजार रुपैयाँ ग्राहकको खातामा फिर्ता हुने बैंकले जनाएको छ। कारोबारको संख्यामा कुनै सीमा नभएको र प्रत्येक खरीद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने बैंकले जनाएको छ। ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने व्यवस्था गरेको बैंकले बताएको छ। यो अफर चिप कार्डमा मात्र लागू भएकोले बैंकले चिप कार्ड नभएका ग्राहकहरुलाई आफ्नो कार्डलाई चिप कार्डमा परिवर्तन गर्न समेत आव्हान गरेको छ। नयाँ वा पुराना ग्राहकले नजिकको शाखाबाट तुरुन्त चिप कार्ड पाउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ। बैंले ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, ८६ वटा एटीएम लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरि जम्मा ८० स्थानबाट सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ।



प्रतिक्रियाहरु