एनसेलले ल्यायो ‘एनसेल एप मार्केट’

काठमाडौं, माघ २७ –  मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ओपेरासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ । यो एप मार्केटमा एनसेल प्रयोगकर्ताले करसहित १५ मा हप्ताभरि आफूले चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्ने एनसेलले जनाएको छ । पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलो पटक बिहीबारदेखि संचालनमा आएको यो एप मार्केट अथवा स्टोरले पेड एप्स उपलब्ध गराउने छ । यो एप मार्केट ओपेरा मिनी क्लबको को–ब्राण्ड सर्भिस रहेको र यो फिचर फोन र स्मार्टफोन प्रयोगकर्ताका लागि उत्कृष्ट एप्स र गेम्स पाइने विश्व कै तेस्रो ठूलो एप्लिकेसन स्टोरको रुपमा चिनिएको एनसेलको दाबी छ ।

एनसेल एप मार्केटमा शिक्षा, व्यापार तथा व्यवसाय, मनोरञ्जन, संचार, मल्टिमिडिया लगायत अरु विविध विधाका तीन लाख भन्दा बढी एप्स  उपलब्ध रहेको एनसेलले जनाएको छ । 



प्रतिक्रियाहरु