चलचित्र”रमिता” को रेड कार्पेट शो को तयारी पुरा

असार ३१- एक दशक भन्दा बढि जापानमा रोजगारी ,ब्यवसाय हुँदै समाजसेवामा सक्रिय युवा इश्वरी कंडेल पछिल्लो समय चलचित्र निर्माताको रुपमा समेत उदाउनु भयको छ । चलचित्र “रमिता ”बाट चलचित्र बजारमा उदाउनु भयको छ ।सोही चलचित्र रमिता यहि जुलाई १६ अर्थात भोली साझ ५:३० बजेबाट टोकियोको नाकानो जिरो हलमा रेड कार्पेट प्रिमियम शो हुँदै छ । अाइतवार पत्रकार सम्मेलन मार्फत प्रदर्शनको सम्पूर्ण तयारी पुरा भयको जानकारी गराइयको थियो । निर्माताको रुपमा कंडेललाई निर्देशक समेत रहेका रन्जित कुमार क्षेत्रीले साथ दिनुभयको छ । चलचित्रका नायक दिलिप रायमाझी पनि शो को प्रमोशनलका लागि टोकियोमा आउनु भयको छ । पत्रकार सम्मेलन मा संचारकर्मिहरुको जिज्ञासा को जवाफ दिदै नायक रायमाझीले मेहेनत र लगनशिलताका साथ यस क्षेत्रमा आउने जोकोहिको पनि भबिष्य उज्वल रहेको प्रतिक्रिया दिदै आफु यहि क्षेत्रमा रहिरहने कुरामा जोड दिदै टिम वोर्क महत्वपूर्ण रहेको बताउनु भयको थियो । भने चलचित्रमा छोटो अभिनय समेत गर्नुभयका निर्माता कंडेलले आफुलाई यो क्षेत्रमा लाग्ने रहर सानै देखि भयपनि अहिले अाएर सबै जापानबाशी नेपालीबाट प्राप्त भयको प्रेरणाले आफुले रमिता बनाउन सफल भयको हुँदा सबैलाई उपस्थिति भै चलचित्र सफल बनाइदिनुहुन सबैमा बिशेष अनुरोध गर्नुभयको छ । चलचित्रमा नायिकाको रुपमा रजनि के सि सँगै सन्दिप बुर्लाकोटी ,दिपासा बिसी ,रिना थापा मगर ,सुरबिर पाण्डित ,बिनोद श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । धौलागिरीका मुस्ताङ,पर्वत,बाग्लुङ ,म्याग्दी र काठमाण्डु लगायतका ठाउँमा छायांकन गरियको जनाइयको थियो ।संगित एक नारायण भण्डारी र विमलराज छेत्री कथा प्रलाहद सुबेदीको रहेको छ भने प्रदेशी गायकको रुपमा आफुलाई परिचित गराउदै सफलता प्राप्त गरिरहेका गायक सुर्य खड्का प्रमोद खरेल देबी घर्ति स्वरुपराज आचार्य जुनु रिजाल लगायतको स्वर समेटियको निर्माण पक्षले जनायको छ ।भने नेपालमा पनि छिट्टै प्रदर्शन हुने जनायको छ ।



प्रतिक्रियाहरु