पल शाह शत्रु गतेको प्रिमियर शोका लागी जापान आउदै

चैत्र २२ -अहिले चर्चामा रहेको नेपाली चलचित्र शत्रु गते को जापानमा हुन लागेको प्रदर्शनका लागी नायक पल शाह जापान आउने भएका हुन । । जापानमा ए(वान इन्टरटेन्मेन्टको व्यवस्थापनमा यही अप्रिल ८ तारिख आइतबार टोकियोस्थित नाकानो जिरो हलमा प्रिमियर शो हुँदैछ । सोहि शो का लागि युवापुस्ताका लोकप्रियनायक पल शाह जापान आउन लागेका हुन । चलचित्र प्रदर्शनको तयारी धमाधम भइरहेको र पल शाहको उपस्थीती थप आर्कषण हुने ए(वान इन्टरटेन्मेन्टका निर्देशक कृष्ण लामाले बताय । चलचित्र शत्रु गतेुको टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा समेत प्रदर्शन हुदै छ । चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।



प्रतिक्रियाहरु