बैशाख ९ मा पार्टी एकता हुन्छ : अध्यक्ष प्रचण्ड

चैत्र २३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते पार्टी एकता हुने दाबी गरेका छन्। नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको दिन पारेर २२ अप्रिल (बैशाख ९) मा पार्टी एकता हुने गरी समझदारी भएको दाबी गरेका हुन्। बिहीबार प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष भारत भ्रमणबाट फर्किएपछि एकताका विषयमा सबै कुरा टुंगिने बताए। उनले, एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए। प्रचण्डले भने,‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्रीजी भारत भ्रमणबाट फर्केर आएपछि एकताको कुरा टुंग्याएर २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ। त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं।’ कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको कुरा उल्लेख रहेको उनले बताए। उनले अब चुनाव चिह्न र एकतामा बराबरीको कुरा टुंगेपछि एकता हुने दाबी गरे।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु