नेपाली कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन

चैत्र १६-नेपाली कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । उपचारका लागि भारतको दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना भनएका खड्काको उपचारकै क्रममा शुक्रवार निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खड्का निधन भएको पृष्टि गरेका छन् । मिर्गौला सम्बन्धी रोगबाट पीडित खड्कालाई फागुन पहिलाे साता थप उपचारका लागि भन्दै दिल्ली लगिएको थियो । खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र शंकर भण्डारी फागुन १३ गते नयाँ दिल्ली गएका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिले खड्काको स्वास्थ्य अवस्था बुझ्न दुई नेता पठाउने निर्णय गरेको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु