अन्तराष्ट्रीय क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुसको घोषणा

चैत्र १६-हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने घोषणा गरेका छन् । उनको यो घोषणासँगै क्रिकेट प्रेमी नेपालीमा नयाँ उत्साह थपिएको छ । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने बताएका छन् । चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बनाइने छ । उनले स्टाटस लेख्दै भनेका छन्, अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रकृयामा अघि बढिरहेको बेला चौतर्फि रुपमा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो ।’ आफूलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता रहेको भएपनि सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि आफू दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेको उनले बताएका छन् । नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको उनको फेसबुक स्टाटसमा उल्लेख छ । सबै मिलेर निर्धारित समय भित्रै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने प्रण समेत धुर्मुसले गरेका छन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु