म्याग्दीको अन्धगल्छी संकटमा, विश्वकै ठूलो गल्छीको संरक्षणमा जोड

वैशाख २- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’ को नामले चर्चित छ । संसारभरी नै चासो राखिने र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ । आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ । उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्व तथा ४ नम्बर प्रदेशकै जीवनरेखा मानिएको सडकखण्डमा दुईवटा प्याकेजका काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदुरले सडकबाट गल्छीमा ढुंगा माटो खसाल्न थालेपछि गल्छी संकटमा परेको हो । सडकले गल्छी नै संकटमा पारेकाले समयमै संरक्षण गर्नुपर्ने अन्नपूर्ण ३ का वडासदस्य हस्तबहादुर पुन बताउँछन् । सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतिक्षालय, पदमार्ग बनाए पनि बजेट अभावमा मर्मत हुन सकेको छैन । चीनको तिब्वतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालिगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु