नवलपरासी समाज जापानले मृगौला रोग पीडित बेद बहादुर महत्तो लाई आर्थिक सहयोग गरेको छ ।

Gandakipost,Desk

प्रवास, वि सं २०७७ फागुन १० सोमवार                             

 
नवलपरासी समाज जापानले  देबचुली नगरपालिका वार्ड न १६, रजहर निवासी ३३ वर्षका दुवै मृगौला रोगवाट पीडित बेद बहादुर महत्तो लाई आर्थिक रकम सहयोग गरेको छ । 
 
 अभियान्ता   नवलपरासी समाज जापानका सचिब  ॠषि पौडेलले सङ्कलित रकम सिटि एक्स्प्रेस मनि ट्रान्स्फर मार्फत दुई लाख तिरानब्बे हजार आठ सय चौध रुपैयाँ   महत्तो को नाममा रहेको कृषि बिकाश बैंकको खातामा जम्मा गरिदिएको जानकारी दिनुभयो ।
  
कोरोना को जटिल परिस्थितिमा पनि यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्णमा समाजका अध्यक्ष गोपाल कंडेलले एकमुष्ट रुपम धन्यवाद ज्ञापन गर्नुभएको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु