अनेसास जापानले २०६ औं भानु जयन्ती तथा नियमित साहित्य श्रृङ्खला साहित्य यात्रा सहित ओसाकामा मनाउँदै

टोकियो  जापान 

  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले भानु जयन्ती तथा नियमित ५१ औं साहित्य श्रृङ्खला मनाउने भएको छ ।  

  जापानमा साहित्यिक गतिबिधिहरुमा निरन्तर सक्रिय अनेसासले २०६ औं भानु जयन्ती टोकियो देखी ओसाका साहित्य यात्रा सहित ओसाकामा कार्यक्रम गर्दै मनाइन लागेको बताईएको छ ।  

   यही जुलाई महिनाको २० तारिख शनिबार ओसाकाको होन्माची स्थित जिग्री रेस्टुरेन्टमा दिनको ४ बजेबाट कार्यक्रम सुरु हुने अनेसास जापानका अध्यक्ष दीप पाठकले जानकारी दिनुभएको छ ।  कार्यक्रममा ओसाकाबाशी साहित्य प्रेमी तथा नेपालीहरुमा उपस्थितिकालागी अध्यक्ष पाठकले अनुरोध गर्नुभएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु