बिहुँकोट समाज जापानको अभिभावक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

बिष्णु सापकोटा(टोकियो) बिहुँकोट समाज जापानले जापान भ्रमणमा रहनु भयका अभिभावक भेटघाट तथा सम्मान कार्यक्रम सोमवार टोकियोमा सम्पन गरेको छ ।काठेखोला गाउँपालिका वडा नं.५र६ बिहुँकोट बाट जापान भ्रमणमा आउनुहुने अभिभावक हरुसँग समाजले भेटघाट कार्यक्रम गर्ने अभियान अन्तर्गत जापान भ्रमणमा रहनु भयका साबिकको बिहुँ २ का भू पू वार्ड अध्यक्ष एबं समाजसेबि समाजिक ब्यक्तित्व टिकाराम कँडेल उहाँकि धर्मपत्नी टिकावति कँडेल एबं साबिकको बिहुँ ९ करलिम हाल बाग्लुड० बजार निबासि गृहणि श्रमिक महिला संघकि सदस्य दुर्गा कँडेल तथासाबिकको बिहुँ २ धरमदास निबासी महिला अभिभाबक जमुना कँडेल लाई सस्थाका अध्यक्ष देबिलाल सुबेदी संरक्षक दिपक सुबेदी र सह-संरक्षक लिलाधर कंडेलले संयुक्त रुपमा मायाको चिनो र खादा ओडायर सम्मान गर्नु भयको थियो । कार्यक्रममा संस्थाका संरक्षक दिपक सुबेदी ,सल्लाहकार भुमिश्वर सुबेदी प्रवक्ता फडिन्द्र सुबेदी लगायतले शुभकामना मन्तब्य राख्नु भयको थियो । कार्यक्रम बिहुँकोट समाज जापानका उपाध्यक्ष गोपाल सुबेदी को स्वागत सचिब शिव कंडेलको संचालन र अध्यक्ष देबिलाल सुबेदी को सभापतित्वमा सम्पन्न भयको थियो भने अनौपचारिक रुपमा लोक भजनसहितको कार्यक्रम ले पनि स्वागत र सम्मान गरियको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु