बाग्लुङ समाज जापानको खेलाडी सम्मान कार्यक्रम सम्पन्न

बिष्णु सापकोटा (टोकियो)-बाग्लुङ समाज जापानले नेपालबाट सोह्रौं डब्लुएटीए आईसीटीओ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागि हुन जापान आएका खेलाडीहरू लाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। स्वर्ण पदक बिजेता बिबेक श्रेष्ठ र कास्य पदक बिजेताहरू अशोक खड्का, सिद्धार्थ प्रधान, चन्दु शाहि,तारजन कायत, युकेस थापा मगर र प्रशिक्षक परशु बोहोरालाई सम्मान गरेको थियो । प्रवासी नेपाली मंचका कार्यबहाक अध्यक्ष बाबुराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारी ले खेल जगतको बिकाश अहिलेको अपरिहार्य रहेको बताउनु भयको थियो कार्यक्रममा एन आर एन जापानका प्रबक्ता प्रशु बस्नेत, अन्तराष्ट्रीय नेपाली समाज जापान का अध्यक्ष एवं चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारी , कानागावा कम्यूनिटी का अध्यक्ष हरि सापकोटा रूपन्देही समाजका अध्यक्ष पशुपती गिरीको उपस्थिती रहेको थियो। बाग्लुङ समाजका सल्लाहकार दिपेन्द्र केसी दोलखा समाज जापानका उपाध्यक्ष गिर बहादुर तामाङ ,आपचौर समाज जापानका अध्यक्ष महेन्द्र अधिकारी , र नेप्लिज तेक्वान्डो एकेडमी का अध्यक्ष अशोक खड्का ले बोल्नु भएको थियो कार्यक्रम बाग्लुङ समाज जापानका सचिव राजु के.सि.को संचालन रअध्यक्ष सिद्धार्थ श्रेष्ठ को सभापतित्वमा सम्पन्न भयको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु