नेपाल जापान विद्यार्थी समाजको वार्षिकोत्सवको तयारि अन्तिम चरणमा

बिष्णु सापकोटा (टोकियो)- जापानमा अध्ययनको लागि आएका नेपाली विद्यार्थीहरुको छाता सस्था नेपाल जापान विद्यार्थी समाजको दोस्रो वार्षिक साधारणसभा तथा सांगितिक धमाकाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । यही अप्रिल २९ गते आईतवार मध्यान्नको १२ बजेबाट ५ बजे सम्म शिनओकुबो स्थित बाराकाँडे गूड् टाईम्समा नि:शुल्क प्रबेश सहित कार्यक्रम गर्न लागियको समाजका अध्यक्ष चेतन पौडेलले जानकारी दिनुभयको छ । साधारणसभाको अवसरमा सस्थाले विद्यार्थी डायरि भाग २को बिमोचन ,जापानिज भाषामा निबन्ध लेखन प्रतियोगिता को नतिजा प्रकाशन ,बिशिष्ट ब्यक्ति सम्मान लगायत साँस्कृतिक कार्यक्रम पनि गर्न लागेको अध्यक्ष पौडेलले जनाउनु भयको छ। सांगितिक धमाका अन्तर्गत गायकहरु युवराज आचार्य, रामकृष्ण बम मल्ल, सुर्य खड्का, सोना के सि सँगै चर्चित हास्यकलाकार कुमार श्रेष्ठ ”फर्सिलाल ”को बेजोड प्रस्तुती रहने छन् । समाजले कार्यक्रमलाई सब्य र भब्य रुपमा सम्पन्न गर्न लागेकोले सबै विद्यार्थी लगायत सबै जापान बासि नेपालीहरुलाई उपस्थितिका लागि समेत अनुरोध गरेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु