मालिका समाज जापानको सम्मान तथा शुभकामना आदान प्रदान

बिष्णु सापकोटा (बैशाख २)—————————————मालिका समाज जापानले नयाँ बर्ष २०७५ को शुभकामना आदान प्रदान तथा नेपाल बाट जापान भ्रमणमा रहनु भयका टेकनाथ सापकोटा र उहाको धर्मपत्नि सुमित्रा सापकोटासँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापान भ्रमणमा रहनु भयका टेकनाथ सापकोटा ले प्रवासमा फुटेर होइन जुटेर अगाडि बड्नु पर्ने बताउनु भयको थियो ।समाजले मालिका क्षेत्रबाट जापान घुमघाममा आउने जो कोहिलाई पनि सम्मान तथा भेटघाट कार्यक्रम राख्दै आउने गरेको छ । कार्यक्रममा बिहुकोट समाजका अध्यक्ष देबिलाल सुबेदी बाग्लुङ समाजका संरक्षक डिपि कंडेल मालिका समाजका संरक्षक नारायण सापकोटा चितवन समाज जापानका उपाध्यक्ष इश्वरी प्रसाद कंडेल साहित्यकार पिताम्बर चापागाई बिहुकोट समाज जापानका सस्थापक अधयक्ष ॠषिराम कंडेल लगायतले शुभकामना मन्तब्य राख्नु भयको थियो । कार्यक्रम समाजका अध्यक्ष गुरु प्रसाद सापकोटा को अध्यक्षता सल्लाहकार तारा प्रसाद सापकोटा को स्वागत र बिष्णु सापकोटा को संचालनमा सम्पन्न भयको थियो ।भने बिदेशमा रहेर पनि भजन किर्तनको संरक्षण गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको समाजले रातैभर भजन प्रस्तुती सहित मनोरन्जन का साथ कार्यक्रम सम्पन्न गरेको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु