नेपालले टस जितेर ओमानविरुद्ध फिल्डिङ रोज्यो

आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले ओमानविरुद्ध टस जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले फिल्डिङ रोजेको छ ।

ओडीआई मान्यता पाएपछि घरेलु मैदानमा नेपालको यो पहिलो ओडीआई खेल हो। लिग २ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ ।त्रिकोणात्मक सिरिज माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

पछिल्लो पटक नेपाल र ओमान २०१८ मा डिभिजन २ मा खेलेका थिए, जहाँ नेपाल ६ विकेटले पराजित भएको थियो । दुई वर्षपछि ओमानसँग भिड्दा नेपाललाई घरेलु मैदानमा दर्शकका अगाडि जित हात पार्दै बदला लिने अवसर छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु